मंसिर ३ । फेसबुकले बालबालिकाका लागि ल्याएको म्यासेन्जर किड्स एपमा नयाँ अपडेट आएको छ। नयाँ अपडेटले बालबालिकाहरुलाई आफ्नो परिवार, साथीभाइसँग अन्तर्क्रिया गर्न सजिलो बनाइदिएको छ। यस्तै कस्टम च्याट बबल कलर्स जस्ता फिचरबाट बालबालिकाहरुले आफ्नो अनुभवलाई पर्सनलाइज गर्न सक्छन्। नयाँ अपडेटसँगै भएको रिडिजाइनले यो एपको लुक्स र अनुभव म्यासेन्जरको जस्तै बनाएको छ।
अब भने कुनै नयाँ म्यासेज आउँदा पहिले जसरी ठूलो र कलरफुल ब्लक्समा आएर ठाडो सूचीमा जम्मा भएर बस्ने छैन। पढ्न भुलेका म्यासेजहरु इनबक्सको माथिपट्टि ध्यान खिच्ने किसिमले निलो रंगमा देखा पर्नेछ।
यस्तै नयाँ अपडेट सहितको म्यासेन्सर किड्समा मिडिया र म्यासेज प्रिभ्यू पनि थप भएको छ। यसले गर्दा उनीहरूको कुराकानीको अपडेट हेर्न बालबालिकालाई सजिलो हुनेछ।
रिडिजाइनमा फेसबुकले डेडिकेटेड च्याट सहित नयाँ नेभिगेसन ल्याएको छ। साथै स्क्रिनको तलतिर नेभिगेसन ट्याब एक्सप्लोर गर्न सकिन्छ। यसबाट बालबालिकाहरुले आफ्नो कुरकानी र अन्य इन एप गतिविधिमा सजिलै स्वीच गर्न सक्छन्।
अपडेटमा उपलब्ध नयाँ स्वाइप जेस्चरसँगै अब बालबालिकाहरुले आफ्नो इनबक्सबाटै कल सुरु गर्न सक्छन्। साथै आफ्नो च्याट, दई व्यक्तिको च्याट, ग्रुप च्याटलाई पनि कस्टम च्याट बबल कलरले कस्टमाइज तथा पर्सनलाइज गर्न सकिन्छ।
त्यसो त फेसबुकले यो अपडेटलाई एउटा सामान्य परीक्षण भएको बताएको छ। कम्पनीले नयाँ फिचर अहिलेका लागि अमेरिका र क्यानडामा आईफोन प्रयोग गर्ने बालबालिकाहरुका लागि मात्र रोलआउट गर्ने बताएको छ। केही महिनापछि यो फिचर सबै डिभाइसमा रोलआउट गर्ने उसले बताएको छ।


























