काठमाडौं, मंसिर ३ । निकै विवादका बीच प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। बैठकमा सचिवालयका सबै सदस्य उपस्थित रहेका छन्।
बैठकमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा उपाध्यक्ष वामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। पछिल्लो समय नेकपामा देखिएको विवादका बीच आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ।
Facebook Comments


























