काठमाडौं, मंसिर ३ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतमबीच आज भेटवार्ता भएको छ। पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेका हुन्। यसअघि पौडेलले मंगलवार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटार पुगेर भेटेका थिए। आज उनले गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनायो।
केही समयदेखि नेकपामा चरम विवादको अवस्था सिर्जना भएको छ। नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
Facebook Comments


























