मंसिर २ । यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा गर्दै छन्। लिग ‘ए’ को समूह ‘डी’ मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग खेल्नेछ। स्पेन र जर्मनीबीचको नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ।
घरेलु मैदानमा स्पेन जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ। तर, बलियो जर्मनीविरुद्ध जित निकाल्न स्पेनलाई सहज छैन। जर्मनी पनि स्पेनलाई हराएर नेसन्स लिगको सेमिफाइनलमा पुग्न चाहन्छ। यस अघिको पहिलो भेटमा जर्मनी र स्पेनले १-१ गोलको बराबरी खेलेको थियो।
यस समूहमा जर्मनी ५ खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्पेन ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यसै समूहको अर्को खेलमा युक्रेनले स्विट्जरल्यान्डसँग खेल्नेछ। युक्रेन ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। ३ अंक जोडेर स्विट्जरल्यान्ड पुछारमा रहेको छ। एजेन्सी


























