मंसिर २ । इंग्ल्यान्ड क्रिकेट टिमको पाकिस्तान भ्रमण सर्ने भएको छ। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले सिरिजको मिति सार्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँग प्रस्ताव गरेको छ। इंग्ल्यान्डले सन् २०२१ को सुरुवातमा पाकिस्तानको भ्रमण गर्ने बताईएको थियो।
इंग्ल्यान्डले जनवरीको अन्त्य वा फेब्रुवरीको सुरुवातमा पाकिस्तानको भ्रमण गर्ने तय भएको थियो। तर, इंग्ल्यान्डले भ्रमण २०२१ को सेप्टेम्बर वा अक्टोबरसम्ममा लागि स्थगित गर्ने प्रस्ताव गरेको हो। इंग्ल्यान्डले भ्रमण दौरान सिमित ओभरको सिरिज खेल्ने तालिका रहेको थियो।
इंग्ल्यान्डले १५ वर्षबाट पाकिस्तानको भ्रमण गरेको छैन। इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो। यस्तै सन् २००९ मा श्रीलंकाका टिममाथि भएको आतंककारी आक्रमणपछि पाकिस्तानले टेस्ट सिरिज आयोजना गरेको छैन। पाकिस्तानले भने हालै इंग्ल्यान्डको भ्रमण गरेको थियो। दुई टोलिबीच ३ खेलको टेस्ट र टी-ट्वान्टी सिरिज भएको थियो। एजेन्सी


























