काठमाडौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन्। भाइटीका र नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताए।
उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रको साझा पूँजीका रुपमा अंकित रहेको उल्लेख गरेका छन्।
Facebook Comments


























