वीरगंज, कार्तिक ३० । बारा प्रहरीले लक्ष्मी पूजाका दिन जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। शनिवार दिउँसो साढे १२ बजे बारा, करैयामाई गाउँपालका वडा नं १ जब्दी टोलमा स्थानीय राकेशप्रसाद साहको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
पूर्व सूचनाको अधारमा उनीहरलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको बाराका प्रहरी डिएसपी गौत्तम मिश्रले जनाए। इलाका प्रहरी कार्यालय कोल्हबीका इन्चार्ज प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई जुवा खालबाट पक्राउ गरेको हो भने उनीहरुको साथबाट नगद एक लाख १७ हजार बरामद गरेको प्रहरीले जनाएको छ।
Facebook Comments


























