कार्तिक ३० । रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ। शनिबार भएको आगलागीमा परी अन्य केही गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन्। यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ।
एपीका अनुसार उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर समेत जलेर गम्भीर घाइते भएका छन्। ती डाक्टरलाई आर्मीको विमानमार्फत राजधानी लगिएको छ। अधिकारीहरूले अस्पतालमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेका छन्। एजेन्सी
Facebook Comments


























