झापा, कार्तिक २९ । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ।
काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताए। फोक्सोको क्यान्सर रोगको उपचार गराइरहनुभएका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो। अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन्। रासस
Facebook Comments


























