कार्तिक २९ । यूईएफए नेसन्स लिग फुटबलमा आज साविक विजेता पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ। लिग ‘ए’ समूह ३ मा रहेको पोर्चुगलले फ्रान्ससँग घरेलु मैदानमा खेल्नेछ। पोर्चुगल र फ्रान्सबीचको खेल राति साढे १ बजे सुरु हुनेछ।
घरेलु मैदानमा पोर्चुगल फ्रान्सलाई हराएर समूहको शीर्ष स्थान यथावत राख्ने लक्ष्यमा हुनेछ। पोर्चुगलले ४ खेलमा ३ जितसहित १० अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ। पोर्चुगलले पहिलो खेलमा क्रोएसियालाई ४-१ ले हराएको थियो। यस्तै पोर्चुगलले दोस्रो खेलमा स्विडेनलाई २-० ले हराएको थियो।
तर, तेस्रो खेलमा भने पोर्चुगल फ्रान्ससँग उसैको मैदानमा गोलरहित बराबरीमा रोकिएको थियो। चौंथो खेलमा पोर्चुगलले स्विडेनलाई ३-० ले हराएको थियो।विश्वकप विजेता फ्रान्सले पहिलो खेलमा स्विडेनलाई १-० ले हराएको थियो। दोस्रो खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ हराएको थियो।
तेस्रो खेलमा पोर्चुगलसँग बराबरी खेलको फ्रान्सले चौंथो खेलमा क्रोएसियालाई २-१ ले हराएको थियो। पाँचौं खेलमा फ्रान्स उसैको मैदानमा पोर्चुगललाई हराउने योजनामा हुनेछ। यस्तै पोर्चुगललाई हराएर फ्रान्स समूहको शीर्ष स्थानमा उक्लन चाहन्छ। समूहको दोस्रो स्थानमा रहेको फ्रान्सले ४ खेलमा १० अंक जोडेको छ। यस्तै समूहको अर्को खेलमा स्विडेन र क्रोएसिया भिड्ने छन्। ४ खेलमा ३ अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा रहेको छ। चार खेलमा ४ हार व्यहोरेको स्विडेन पुछारमा रहेको छ। एजेन्सी


























