कार्तिक २९ । लिभरपुलका फरवार्ड मोहमद सलाहलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। इजिप्ट फुटबल एसोसियसनका अनुसार सलाहलाई शुक्रबार कोरोनाको संक्रमण देखिएको हो। कोरोना देखिए पनि उनलाई कुनै लक्षण नभएको बताईएको छ।
२८ वर्षीय सलाह राष्ट्रिय टिमका लागि इजिप्टमा रहेका छन्। इजिप्टले शनिबार अफ्रिका कप अफ नेसन्सको छनोटमा टोगोसँग खेल्दैछ। एजेन्सी
Facebook Comments


























