कार्तिक २९ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पानामाविरूद्ध संघर्षपूर्ण जित निकालेको छ। शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सीमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका हुन्। ७७औँ मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित पानामाविरूद्ध जापानले थप गोल गर्न सकेन। एजेन्सी
Facebook Comments


























