कार्तिक २७ । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्डले आज आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। इंग्ल्यान्डले घरेलु मैदान वेम्बलीमा आयरल्याण्डसँग खेल्नेछ। इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेल राति पौने २ बजे सुरु हुनेछ। घरेलु मैदानमा इंग्ल्यान्ड सहज जित निकाल्ने योजनामा हुनेछ। आयरल्याण्ड पनि घरेलु टोलीलाई उसैको मैदानमा हराउने लक्ष्यसहित मैदान उत्रने छन्।
यूएईएफए नेसन्स कप अन्तर्गतका खेल अघि दुबै टिमले तयारी स्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। नेसन्स लिगको लिग ‘ए’ समूह २ मा रहेको इंग्ल्यान्डले यसै महिना बेल्जियम र आइसल्याण्डसँग खेल्नेछ। आयरल्याण्डले वेल्स र बुल्गेरियासँग खेल्ने तालिका रहेको छ। अन्तराष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत नै वेल्सले अमेरिकासँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























