काठमाडौं, कार्तिक २७ । फेसबुकमा फेक आइडी बनाई बालिकालाई अश्लिल तस्बीर पठाउने एक जना युवक पक्राउ परेका छन्। बालिकालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बीर पठाएको आरोपमा साइबर ब्यूरोले उनलाई काठमाडौं–२७ बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोगढी–४ बस्ने २० वर्षीय अखिल नेपाली रहेको ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।उनले खोलेका फेक आइडीमा बालिकाहरुको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामाग्रि पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेका थिए।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर गरेको भन्दै उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पक्राउ पुर्जी जारी भएको थियो।
Facebook Comments


























