कार्तिक २७ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ। बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै शानदार जित निकालेको हो। आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।
२९औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २-० ले अघि रह्यो। खेलको ५६औँ मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो। पाउलिन्होले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलको अग्रता ४-० को बन्यो। खेलको ७६औँ मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो।
८५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६-० को बनाए। खेलको ८८औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७-० को जित दिलाए। एजेन्सी


























