कार्तिक २७ । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको छ। घरेलु मैदानमै फ्रान्स फिनल्यान्डसँग २–० ले पराजित भएको हो। फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सको गोलबाट अग्रता लियो। पहिलो गोल गरेको ४ मिनेट नवित्दै ३१औँ मिनेटमा ओन्नी भालाकारीले गोल गर्दै फिनल्याण्डका लागि दोस्रो गोल गर्दै जित दिलाए।
फिनल्याण्डसँगको हारसँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ। २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो। एजेन्सी
Facebook Comments


























