बझाङ, कार्तिक २६ । कारागार बाट कैदी फरार भएका छन। बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन्।
राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागार को आइसोलेन कक्षबाट फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए। कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ। विप्लव समूह नेकपाका कार्यकर्ता रहेका धामीलाई प्रहरीले यहि कात्र्तिक १८ गते पक्राउ गरी हिरासतमा राखेको नवौँ दिनमा फरार भएका हुन्।
Facebook Comments


























