काठमाडौं, कार्तिक २६ । नेपाली कथानक चलचित्र ‘साइँली’ युट्युबमा रिलिज भएको छ। गतवर्ष हल रिलिज भएको चलचित्र ‘साईली’ दीपावलीको अबसर पारेर युट्युबमा रिलिज भएको हो। ‘साइँली’मा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा प्रेम, परिवारमा गरिबीले सिर्जना गर्ने समस्यालाई चलचित्रे उठान गरेको छ। चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन्।
Facebook Comments

























