जोधपुर, कार्तिक २६ । भारतको राजस्थानस्थित जोधपुर जिल्लाको बासनी क्षेत्रमा मंगलबार निर्माणाधीन भवन भत्किँदा ८ मजदुरको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने त्यहाँका अधिकारीले जनाएका छन्। भत्किएको भवनभित्र झन्डै २० जना पुरिएको आशंका गरिएको छ। कयौँ घाइते भएका छन्। घटनास्थलमा बुधबार बिहानसम्म नै उद्धार जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।
मृतकका परिवारलाई सहायता कोषबाट जनही २ लाख र घाइतेलाई ४०र४० हजार रुपैयाँ सहयोग गर्ने राज्य सरकारले घोषणा गरेका छन्। मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई राहतस्वरूप उक्त रकम दिइने घोषणा गरेका हुन्। बीबीसी
Facebook Comments

























