कार्तिक २४ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो। लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो। पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए।
तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए। कोरेयाको पासलाई उनले सदुपयोग गरे। बराबरीसँगै युभेन्टस लिगको तेस्रो स्थानमा छ। उसको ७ खेलबाट १३ अंक जोडेको छ। लाजियो भने ११ अंकसहित नवौं स्थानमा छ। एजेन्सी
Facebook Comments


























