काठमाडौं, कार्तिक २३ । सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो। चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























