काठमाडौं, कार्तिक २३ । गायक राजेशपायल राईको नयाँ पूर्वेली भाकाको गीत ‘पूर्वै सहर‘’को भिडियो सार्वजनिक भएको छ। यो गीतमा उनलाई र गायिका निलम रोजु राईको स्वरमा साथ दिएकी छन्। यो गीतमा संगीत पनि निलमकै छ। यो गीतलाई आलोक चाम्लिङ राईले लेखेका हुन्।
विदेशमा रहेका नेपालीले आफ्नो गाउँघरलाई सम्झिएको प्रसंगमा यो गीत केन्द्रित छ। गीतको भिडियो निर्देशन शन्तकुमार राईले गरेका हुन्। जसमा सरु राना गुरुङको कोरियोग्राफी रहेको छ। केही टेली शृंखलासमेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशकसमेत हुन्।
गीतको भिडियामा सन्तोष राई र सलिना थापा मगरले अभिनय गरेका छन्। उनीहरूको अभिनय राम्रो छ। भिडियोको छायांकन बेलायतमै गरिएको छ। बेलायतका विभिन्न रमणीय स्थललाई भिडियोमा उतारिएको छ।
भिडियोको छायांकन सुमन श्रेष्ठले गरेका हुन्। निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रंगमञ्च, केही टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन्।


























