कार्तिक २३ । जिम्बावेविरुद्ध तीन खेलको सिरिजमा पाकिस्तानले विजयी सुरूवात गरेको छ। पाकिस्तानले पहिलो टी-ट्वान्टीमा जिम्बावेलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो। रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रनको अर्धशतकीय इनिङ्स खेले। मोहमद हाफिजले ३६ रन जोड्दा फकर जमानले १९ रन जोडे। जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। जिम्बावेका वेस्ली माधिभेरेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले।
सिन विलियम्सले २५ रन जोड्दा इल्टन चीगुमबुराले २१ र ब्रेन्डन टेलरले २० रन बनाए। पाकिस्तानका वाहब रियाज र हरिस राउफले २-२ विकेट लिए।जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। एजेन्सी















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









