बेइजिङ, कार्तिक २२ । यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ। प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो।
अघिल्लो वर्षको तुलनामा यस वर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ। त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ। गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७।६ प्रतिशतले वृद्धि भएको देखिएको हो। त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा
Facebook Comments


























