काठमाडौं, कार्तिक २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको अनौपचारिक सचिवालय बैठक शुरु भएको छ। अध्यक्ष दाहालले पार्टी भित्रको आन्तरिक विवादबारे छलफल गरी समाधान खोज्ने प्रयास स्वरुप बैठक बोलाइएको हो। पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा बहुमत सचिवालय सदस्यहरुको उपस्थित रहेको स्रोतले जनाएको छ।
बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन्। तर पूर्व एमाले खेमाका नेताहरु भने उपस्थित रहेका छैनन्। पूर्व माओवादी खेमाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल भने अनुपस्थित रहेका छन्। त्यस्तै पार्टी अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल बैठकमा उपस्थित रहेका छैनन्।


























