काठमाडौं, कार्तिक २१ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को एक दिवसीयमा नेपालको वरीयतामा यथावत रहेको छ। आईसीसीले सार्वजनिक गरेको एक दिवसीय अन्तर्राष्ट्रियको नयाँ वरीयतामा नेपाल यथावत १६औं स्थानमा रहेको हो।
नेपालले गत मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी प्रतियोगिता खेलेपछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। नयाँ वरीयता अनुसार नेपालले ९ खेलबाट १ सय ६१ रेटीङ अंक पाएको छ। एक दिवसीय वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड रहेका छन्। यस्तै चौंथो स्थानमा अष्ट्रेलिया र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन्।
Facebook Comments


























