काठमाडौं, कार्तिक २१ । चर्चित कलाकार मनोज गजुरेललाई आइसियूमा सारिएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि गत (बुधवार) उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो। हिजो (बिहीवार) देखि उनको आइसियूमा उपचार भइरहेको बताइएको छ।
कात्तिक १० गते सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी घरमा नै आइसोलेसन बसिरहेका थिए। तर बुधवारबाट स्वास्थ्य अवस्था जटिल बन्दै गएकपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
Facebook Comments


























