काठमाडौं, कार्तिक २० । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको संवाद सकिएको छ। दुई अध्यक्षबीच झण्डै एक घण्टा छलफल चलेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।
दुई अध्यक्षबीच कुन कुन विषयमा संवाद भयो भन्नेबारे भने सार्वजनिक भएको छैन। यसअघि गत शनिबार ओली-प्रचण्डबीच तिक्ततापूर्ण संवाद भएको थियो।
तर, दुई अध्यक्षबीच कुन कुन विषयमा छलफल भयो भन्ने विषयमा आफूलाई जानकारी नभएको बजगाईंले बताए।
Facebook Comments




















