कार्तिक २० । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ। समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा डिनामो किएभका लागि सिगान्कोभले एक गोल फर्काएपछि खेल २-१ मा सकियो। जितसँगै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ।
Facebook Comments


























