कार्तिक २० । च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ। अवे मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे। टिसीका डिभालीले आत्मघाती गोल गरे। टिसीका लागि बोलीले एक गोल फर्काए। जितसँगै तीन खेलबाट ६ अंक जोडेको युभेन्टस समूहको दोस्रो स्थानमा पुगेको छ। एजेन्सी
Facebook Comments



















