कार्तिक १९ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ। कम्पनीको नयाँ फिचरले अब देखि धेरै ओटा मेसेज एकै चोटी डिलिट गर्न सकिन्छ। यो फिचरलाई प्राप्त गर्नका निम्ति प्रयोगकर्ताहरुले सेटिङ्गमा गएर स्टोरेज एण्ड डेटामा थिच्नुपर्छ र त्यसपछि म्यानेज स्टोरेजमा थिच्नुपर्छ।
धेरै चोटी फरवार्ड गरिएको मेसेज र ५ एमबी भन्दा बढिको फाइलहरुलाई पनि एपले हाइलाइट गरिदिन्छ। कुन च्याटले कति स्पेस लिएको छ भनेर पनि हेर्न सकिन्छ। सेलेक्ट अल भन्ने अप्सन प्रयोग गरेर एकैचोटी धेरै मेसेज पनि डिलिट गर्न सकिन्छ। ह्वाट्सएपको नयाँ फिचर यसै साता विश्वभरी उपलब्ध हुने बताइएको छ।
Facebook Comments




















