काठमाडौं, कार्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरूमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। मङ्गलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधि सभा सांसदसमेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताए।
यस्तै १९ गते सबै कार्यालयहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उनले बताए। पोखरा महानगरपालिका ७ कास्कीका केसीको सोमबार राति निधन भएको थियो।
Facebook Comments


























