काठमाडौं, कार्तिक १७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वमाओवादी समूहले पार्टी एकताका बेला गरिएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन्। सोमबार ट्वीट गर्दै मन्त्री पाखरेलले सहमति विपरित समिकरण बनाएर खेल खेल्न खोजाद एकता संकटमा परेको बताएका हुन्।
‘एकताका वेला गरिएको सहमती विपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन्।
उनले पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा खबरदारी गर्न पनि आग्रह गरेका छन्। मन्त्ती पोखरेलले व्यक्तिगत स्वार्थका कारण एकता विथोल्न खोज्नेहरुको विरोध गर्दै एकतालाई जोगाउन आग्रह गरेका छन्।
‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’, मन्त्री पोखरेलले भनेका छन्। आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय सदस्यहरुको छुट्टै भेला बसेको थियो।
भेलामा अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बालुवाटार वार्ताको ब्रिफिङ गरेका थिए। उनले प्रधानमन्त्री ओलीले पार्टी अलग गरे जान सुझाव दिएको कुरा ब्रिफिङ गरेको छ। भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए।




















