कार्तिक १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको हो।
युनाईटेडको मैदानमा आर्सनललाई जित दिलाउन पिएरे इमिरिक औबामियाङले निर्णायक गोल गरे। खेलको ६९औँ मिनेटमा औबामियाङले पेनाल्टीबाट निर्णायक गोल गरेका हुन्। युनाईटेडका पाउल पोग्बाले आफ्नो पेनाल्टी क्षेत्रमा हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो । जसमा औबामियाङले सहज गोल गरे। जितसँगै आर्सनलले ७ खेलमा १२ अंक तालिकाको आठौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























