कार्तिक १६ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ। शनिबार राति भएको खेलमा लाइपजिग बोरुसिया मुन्छेनग्लाडबाखसँग १-० ले पराजित भएको हो। घरेलु मैदानमा मुन्छेनग्लाडबाखलाई जित दिलाउन हानेस उल्फले निर्णायक गोल गरे। उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए। मुन्छेनग्लाडबाखसँग पराजित भएसँगै लाइपजिगले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
तेस्रो स्थानको लाइपजिगले ६ खेलमा १३ अंक जोडेको छ। मुन्छेनग्लाडबाख ६ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ। बुन्डेसलिगा अन्तर्गत नै अर्को खेलमा आउग्सबर्गले माइन्जलाई ३-१ ले हराएको छ। आइनट्राख्ट फ्रान्कफुर्ट र भेरडाआ ब्रेमेनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। एजेन्सी
Facebook Comments


























