कार्तिक १६ । केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा शानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो। एम्बाप्पेले एक गोल गर्नुका साथै थप एक गोलको अवसरसमेत सिर्जना गरे।
आन्द्रे हेरेराले ४७औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए। एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए।
६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए। मुख्य फरवार्ड नेयमार चोटका कारण मैदानमा अनुपस्थित थिए। उनले च्याम्पियनस लिगको पछिल्लो खेलमा टर्कीस क्लबविरुद्ध चोट बोकेका थिए। जितसँगै शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक भएको छ। एजेन्सी
Facebook Comments




















