काभ्रेपलाञ्चोक, कार्तिक १६ । बनेपा नगरपालिका–११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको छ। शनिबार बेलुका अपांग अस्पतालभन्दा माथिको जंगलमा फेला परेको अन्दाजी वर्ष ३०ः३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।
शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























