कार्तिक १६ । साविक बिजेता लिभरपुल ईङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा वेस्ट ह्यामलाई पराजित गरेसँगै तीन अंकको अग्रतासहित लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो। एनफिल्डमा भएको खेलमा लिभरपुलले २–१ को पुनरागमन जित निकाल्यो।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डिएगो जोटाले पुन एक पटक गोल गरेपछि लिभरपुल विजयी बनेको हो। पाहुना टोलीका पाब्लो फोर्नल्सले सुरुवाती दशौं मिनेटमा वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। मोहमद सलाहाले ४२औं मिनेटमा पेनाल्टी गोलमार्फत लिभरपुललाई बराबरीमा ल्याए। खेल सकिन ५ मिनेट बाँकी हुँदा जोटाले लिभरपुलका लागि विजयी गोल गरे। जितसँगै लिभरपुलको ७ खेलबाट १६ अंक छ। वेस्ट ह्याम ८ अंक सहित १३औं स्थानमा छ। एजेन्सी
Facebook Comments


























