कार्तिक १६ । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा पनि उक्लिएको छ। रियलको जितमा करिम बेन्जिमाले दुई गोल तथा इडेन हाजार्ड र फेड्रिको भाल्भर्डेले एकरएक गोल गरे।
हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए। जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ। रियलले सोसिडाडलाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो। हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments

























