काठमाडौं, कार्तिक १५ । फिचर फिल्म निर्देशन गर्दै आएका हेमराज बिसीले वेब सिरिज निर्देशन गर्ने भएका छन्। उक्त वेब सिरिजमा सरोज न्यौपाने र सौगात थापाले लगानी गर्ने भएका छन्। पोखरामा छायांकन गरिने उक्त वेब सिरिजमा शहरी कथालाई प्रस्तुत गरिनेछ।
निर्माता सरोज न्यौपानेका अनुसार यो सिरिज ८ देखि १० भागको हुनेछ। र, कूल लगानी १ करोड हाराहारीमा हुनेछ। सिरिजको छायांकन मंसिरबाट गरिने जनाइएको छ। निर्माता न्यौपानेका अनुसार उक्त सिरिजलाई अन्तर्राष्ट्रिय प्लेटफर्म (नेटफिल्क्स वा अमेजन प्राइम) बाट रिलिज गर्ने प्रयास भइरहेको छ।
Facebook Comments


























