सिरहा, कार्तिक १४ । प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























