काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो।
असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो। चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए।
Facebook Comments


























