कार्तिक १४ । रोपा लिग फुटबलमा टोटेनहम पराजित भएको छ। बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित भएको हो। रोयल एन्टवर्पलाई जित दिलाउन २९औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरे।
डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो। जितसँगै समूह ‘जे’को दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ। टोटेनहम ३ अंकसहित दोस्रो स्थानमा छ। एजेन्सी
Facebook Comments


























