कार्तिक १२ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको छ। फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ।
५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ। ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको कामना पनि गरेको छ। एजेसी
Facebook Comments

























