काठमाडौं, कार्तिक १२ । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ। बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब चार करोड क्षति भएको छ। बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए। आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























