कार्तिक १२ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएका छन्। क्लबका समर्थकबाट दवाव झेलिरहेका अध्यक्ष मारियाले राजीनामा दिएका हुन्। २०१४ मा बार्सिलोनाको अध्यक्ष बनेका बर्टोमेउलाई समर्थकले राजीनामा दिन दबाब दिदै आएका थिए। बर्टोमेउको मेस्सीसँगको सम्बन्ध समधुर रहन सकेको थिएन। मेस्सीले समेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए।
अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लबमा खुसी राख्न असफल बनेपछि अध्यक्ष बर्टोमेउ आलोचित बन्दै आएका थिए। गत अगष्टमा मेस्सीले क्लब छाड्ने निर्णय सुनाएका थिए।
उनी सहित क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए। गत शनिवार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसँग ३–१ को हार व्यहोरेको थियो। एजेन्सी
Facebook Comments


























