चितवन, कार्तिक ११ । भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा २१ का ५६ वर्षीय पुरुष छन्। कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई अस्पतालको सीआईसीयू कक्षमा भर्ना गरिएको थियो।
उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट पीडित थिए। ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुँदै गएपछि कात्तिक ९ गते कोभिड आईसीयूमा राखेर उपचार गरिएको हो।
उनको गएराति ९ः३५ बजे सीकेडी, सेभियर कोभिड निमोनियाँको कारणले मृत्यु भएको पौडेलले जानकारी दिए।
Facebook Comments


























