कार्तिक १० । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो। बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो। खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए। ६७औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए। जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एजेन्सी
Facebook Comments


























