कार्तिक १० । साविक उपविजेता चेन्नई सुपर किंग्स यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ। अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै चेन्नई आईपीएलबाट बाहिरिएको हो।
राजस्थानले मुम्बईमाथि ८ विकेटको शानदार जित निकालेसँगै प्लेअफमा पुग्ने चेन्नईको समीकरण समाप्त भएको हो। चेन्नईले लिगको बाँकी दुई खेल जिते पनि प्ले अफ पुग्ने छैन। चेन्नईले अब दुई खेल खेल्न बाँकी रहेको छ। १२ खेलमा मात्र ८ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ। एजेन्सी
Facebook Comments

























