काठमाडौं, कार्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्यमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन्। शुक्रवार अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना सन्देश जारी गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन आग्रह गरेका हुन्।
उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको भन्दै उनले संयमित हुनुपर्ने सन्देशमा बताएका छन्। अध्यक्ष प्रचण्डले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वले आपसी संहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने समेत जनाएका छन्।
Facebook Comments


























